#


यी प्रदेशमा आकस्मिक बाढीको उच्च सम्भावना, पूर्वतयारीमा जुट्न आग्रह

  पत्रपत्रिका   २०७६ असार २५, बुधबार ११:१८ मा प्रकासित

बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १ ,२ र ३ को प्रायः जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको जनाएको छ ।

बुधबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै ठूला, मझौला र यसका शाखा नदीहरुमा बहाब सर्तकता तहभन्दा तल नै रहे पनि सामान्य बढ्दो अवस्थामा रहेको छ ।

आज बिहान ७ बजेदेखि भोलि बिहान ७ बजेसम्मको पूर्वानुमान अनुसार आज प्रदेश १, २ र ३ को प्रायः साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यसैगरी, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीहरुमा आकस्मिक बहावका हुने सम्भावना रहेको छ ।

यसैगरी, भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेकोले पूर्वतयारी र प्रतिकार्यमा जुट्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हाल मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले २, ३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु