नयाँ दिल्ली। कांग्रेसका फायरब्राण्ड नेता नवजोत सिंह सिद्धू विगत एक हप्तादेखि पंजाबबाट ‘गायव’ भएका थिए। सिद्धू अचानक गायव भएपछि सबैको मनमा सिद्धूलाई लिएर कौतुहलता उत्पन्न भएको थियो। तर सिद्धू विगत एक हप्तादेखि माता वैष्णोदेवीको पूजा अर्चनामा लीन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

संचारमाध्यमका अनुसार नवजोत सिंह सिद्धू राजनीतिक भागदौडबाट समय निकालेर माता वैष्णदेवी मन्दिरमा ध्यान गरिरहेका छन्। यो क्रममा उनले अन्य व्यक्तिसँग भेटसमेत गरेका छैनन्। सिद्धूले न कसैसँग भेट गरेका छन् न कसैलाई फोटो खिच्न नै दिएका छन्।सिद्धू तीन जुलाईमा जम्मुस्थित माता वैष्णदेवी भवनमा पुगेका थिए। उनी दिनभर माताको मन्दिरमा ध्यानमा लीन हुन्छन्। उनी दैनिक विहानै उठेर माताको आरतीमा सहभागी हुन्छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आरती सकिएपछि कसैसँग कुरा नगरी भवनको एउटा कोठामा जान्छन्। योबीचमा मन्दिरमा जाने भक्तजनले सिद्धूसँग कुरा गर्न र फोटो खिच्न आग्रह गर्दा सिद्धूले अस्वीकार गरेका छन्। यसअघि पनि सिद्धू बेला बेलामा माता वैष्णदेवीको मन्दिरमा जाने गर्थे। तर पहिलो पटक उनी यतिधेरै समय त्यहाँ बसेका छन्। विगत केही समयदेखि पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह र सिद्धूबीच विवाद चल्दै आएको छ।

सिद्धूले अहिलेसम्म आफ्नो नयाँ मन्त्रालय पनि सम्हालेका छैनन्। सिद्धूले आफूलाई पूरानै मन्त्रालय दिनुपर्ने र प्रदेश कांग्रेस अध्यक्ष बनाउनुपर्ने अडान राखेका छन्। उनीहरुबीचको विवाद राहुल गान्धीसम्म पुगेको थियो। तर समाधान हुन सकेको छैन।