जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । यदि तपाईंको श्रीमानमा तल दिइएका बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ: १. चिसो रुमाललाई बेडमा राखेर बिर्सनुः धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ । २. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनुः जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् । ३. ‘आउँदै छु’ भन्छन् तर खाना खान आउँदैनन्ः तपाईंले बनाएको खाना मिठो भएर नै उनले तपाईंसँग विवाह गरेपनि विवाह पछि उनले यो कुरा बिर्सन्छन् । टिभी हेर्नु, मेल चेक गर्नु र खाना खाँदा पत्र–पत्रिकालाई यताउती गर्नु उनीहरुको मनपर्ने बानी हुन् । खाना चिसो भयो भनेर जतिसुकै भनेपनि उनीहरुलाई त्यो कुराको वास्तै हुँदैन । ४. आफ्नै सामानहरु थाहा नहुनुः धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् । ५. बाथरुम भित्र नै पेपर पढ्छन्, चुरोट खान्छन् र बाहिर अरुलाई कुराउँछन्ः धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने गर्दछन् । उनीहरुको यो बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै छैन । बाथरुमभित्र पिइएको चुरोटको गन्ध सबैतिर फैलिएको कुन श्रीमतीलाई राम्रो लाग्ला र ? ६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्ः श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ । ७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्ः उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै नाश्ता खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ।
श्रीमानको के कुरामा रिसाउँछन् श्रीमती ?
एजेन्सी संवाददाताबुधबार, २५ असार २०७६

श्रीमानको के कुरामा रिसाउँछन् श्रीमती ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
पर्सि शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१



