काठमाडौं। काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधकाबीच प्रतिनिधिसभामा चार वटा विधेयक प्रस्तुत भएका छन्। बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए। सभामुखले बस्न बारम्बार आग्रह गर्दापनि प्रतिपक्ष सांसदहरुले नमानेपछि विरोधकै बीच चार वटा विधेयक संसदमा प्रस्तुत भएका छन्।

प्रतिपक्षको अवरोधकै बीच प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक प्रस्तुत गरेका थिए। विधेयक प्रस्तुत हुनासाथ सभामुखले प्रतिनिधिसभाको बैठक ३० गते बस्ने गरी स्थगित गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसद सुचारु गर्ने विषयमा बुधबार विहान सभामुख कृष्णबहादुर महाराले गरेको पहल सफल हुन सकेन। कार्यव्यवस्था समितिमा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्ने की नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानमा बस्दा सहमति हुन सकेन।

प्रतिपक्षले सर्लाही घटनाबारे संसदीय समिति गठन हुनुपर्ने अडान राखेको छ भने सत्तापक्षले समितिको आवश्यकता नगर्ने बताउँदै आएको छ। मंगलबार बसेको बैठक पनि सर्लाही घटनाको छानवीन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै कांग्रेस र राजपाले अवरोध गरेका थिए।डिसी नेपाल