एजेन्सी । विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।बुधवारको हारसँगै विश्वकपको दावेदारमध्यको एक भारतको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ। बुधबार भएको खेलमा २४० रनको लक्ष्य पाएको भारतले ४९. ओभरमा सबै विकेट गुमाएर मात्र २२१ रनमा समेटिएको थियो। २४० रनको सामान्य लक्ष्य पाएको भारतको मात्र ५ रन बनाउँदा टप अर्डर ध्वस्त भएको थियो।

पहिलो सेमिफाइनलमा भारत पराजित भएसँगै सबैतिरबाट बिभिन्न प्रतिक्रयाहरु आउन थालेका छन्। बुधबारको खेलमा धेरैले आशा गरेका कप्तान विराट कोहली, रोहीत शर्मा र के एल राहुल समान १–१ रन बनाएर आउट हुनु नै भारतको हारको प्रमुख कारण बनेको बताएका छन्। यस्तै केहीले भारतले हार्नुमा पूर्व कप्तान महेन्द्रसिंह धोनीको धिमा गतिलाई समेत हेरेका छन् । यसैबिच भारतीय प्रधानमन्त्री मोदीले पनि भारतको हार लगत्तै ट्वीट गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
उनले ट्वीटरमा लेखेका छन्, ‘ ‘एक निराशाजनक परिणाम, तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट ब्याटिङ र बलिङ गर्यो यसमा मलाई गर्व छ । हार जित जीवनको एक भाग हो । भविष्यको लागि टिमलाई हार्दिक बधाई !’

https://twitter.com/narendramodi/status/1148959096831217665