दमक/ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्यूनिकरणमा सबैको साझा प्रयास अपरिहार्य भएको बताईएको छ । नियमको बिषयमा सबैलाइ जानकारी भएपनि यसलाइ पालना नगर्ने संस्कार बढेकाले त्यसलाइ निरुत्साहित गर्नु पर्नेमा समेत जोड दिईएको छ ।
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको आयोजना र ट्राफिक प्रहरी कार्यालय दमकको संयोजनमा आज विहिबार भएको कार्यक्रममा सहभागिहरुले यस्तो जोड दिएकाहुन् । सो अवसरमा साझा घोषणापत्र समेत जारी गरिएको छ ।

 

 

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडा नं. २ का वडाध्यक्ष तथा यातायात ब्यवस्थापन समिति दमकका संयोजक प्रजापती सापकोटा लगायत यातायात मजदुरहरु र सरोकारवालाहरुले ६ बुदे घोषणापत्रमा हस्ताक्षर गर्दै कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएकाछन् ।

 

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाल, लायन्स क्लवका सिनियर लिडर अजय अग्रवाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । क्लवका अध्यक्ष मनोजकुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका कोषाध्यक्ष बुद्धिशेखर भट्टराइले गरेका थिए ।

 

क्लवका सचिव रामकुमार थपलियाका अनुसार सो अवसरमा बस तथा सार्वजनिक यातायातका सवारी साधनमा टाँस गर्ने सचेतनामुलक स्टिकर र पम्लेटहरु समेत ट्राफिक प्रहरीलाइ हस्ताण्तरण गरिएको छ ।

 

यस्तो छ साझा घोषणापत्र

बढ्दो दुर्घटना न्यूनिकरण तथा सहज ट्राफिक ब्यवस्थापन सहित जीउधनको रक्षाका लागि आज लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको आयोजना र ट्राफिक प्रहरी कार्यालय दमकको संयोजनमा आज मिति २०७६ साल असार २६ गते विहिबार भएको कार्यक्रममा हामी निम्नअनुसारको घोषणा गर्दै साझा प्रतिबद्धता सहित दमक घोषणापत्रमा हस्ताक्षर गर्दछौ ।

 

१, ट्राफिक नियमको पुर्ण पालना गर्छौ र अरुलाइ गराउन पनि प्रेरित गर्दछौ । ‘सडक सुरक्षा सबैको दायित्व’ भन्ने हाम्रो साझा बुझाइ बनाउनेछौ ।

 

 

२, सार्वजनिक यातायातका सवारी साधनमा यात्रुहरुलाइ ठगिनाबाट जोगाउन प्रभावकारी रुपमा ऐन, कानून तथा कार्यविधिको कार्यन्वयन गर्दछौ ।

 

 

३, ट्राफिक नियम पालना सम्बन्धिको सचेतना कार्यक्रमलाइ हामी सबैले आत्मसाथ गर्दै दुर्घटना रहित दमक बनाउनका लागि हामी सबै एक भएर लाग्ने छौ ।

 

 

४, सार्वजनिक यातायातका सवारी साधनहरुमा जेष्ठ नागरिक, महिला, वालबालिकामैत्री ब्यवहार गर्नका लागि प्रेरीत गर्नेछौ र यो भए नभएको नियमित रुपमा अनुगमन गर्दै जानेछौ ।

 

 

५, सिटी तथा ट्याम्पोबाट हुने दुर्घटनाको जोखिम न्यूनिकरणका लागि र भाडामा एकरुपताका ल्यानका लागि प्रतिबद्धता ब्यक्त गर्दछौ ।

 

 

६, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने र यसरी चलाउनेलाइ निरुत्साहित गर्ने कार्यमा हामी सबै प्रतिबद्धछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय