नुवाकोट, २१ चैत । विदुर नगरपालिकाको शेरा जङ्गलमा बेवारिसे अवस्थामा पाँच थान पेट्रोल बम भेटिएको छ ।
विदुर नगरपालिका–२ स्थित प्यासकोट बस्तीसँगै जोडिएको पञ्चकन्या सामुदायिक वन क्षेत्रमा लुकाइराखेको अवस्थामा आज उक्त परिमाणको बम भेटिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।मादक पदार्थको बोतलमा पेट्रोल भरेर छाडिएको अवस्थामा उक्त बम फेला परेको प्रहरीले जनाएको छ । जङ्गल क्षेत्रमा स्थानीय घाँसदाउरा लिन जाँदा झोलामा शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
बम भेट्टिएको उक्त स्थान मानवबस्ती नजिकै र नेपाली सेनाको तालिम इलाकामा पर्दछ । रासस










