#

झापामा छ्ट्टाछुट्टै दुर्घटनामा गयो द्इजनाको ज्यान

    २०७६ असार २६, बिहीबार २१:०८ मा प्रकासित

झापा । झापाको दमक र कनकाईमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका अनुसार दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ५ बस्ने ४० वर्षीय पुष्कर भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार दमक नगरपालिका ५ स्थित पुरानो पाथीभरा एफएम छेऊको भित्री सडक खण्डमा मे ३ प ४३०५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई बुधवार बेलुका ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि न्युरो हस्पिटल विराटनगर पठाइएको थियो । उनको उपचारको क्रममा सोही हस्पिटलमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मोटरसाइकल चालक दमक ५ बस्ने २२ वर्षीय नवीन राई समेत दुर्घटना परी घाइते भएका छन् । उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ । यता ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ
त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका ४ स्थित पश्चिमबाट पूर्वतर्फ जाँदैै गरेको मे ३ प ७६६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर भोजपुर नगरपालिका २ हेलोङ्छा बस्ने अन्दाजी २८ वर्षीय सन्तोष तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु