बाँके-पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो । पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बंैकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँड्डुल गर्न समस्या भएको छ ।

सत्तिघाट पुल जोखिममा

वर्षापछि आएको बाढीका कारण बर्दियाको सत्तिघाट पुल जोखिममा परेको छ । बर्दियाको राजापुर र कैलालीलाई जोड्ने सत्तिघाटस्थित कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको हो । पुलको राजापुरतर्फको भागमा प्वाल परेको छ । तटबन्ध बर्सेनी भासिँदै गएको छ । कणाली नदी धार परिवर्तन गरी पुलको किनाराबाट बग्न थालेको छ । पुल निर्माण गरिएको एक वर्षपछि तटबन्ध भत्किन थालेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले बताए । नदीमा पानीको सतह बढेसँगै तारजाली भासिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय