#


मावा खोलाले जब एक महिलालाइ बगायो…

    २०७६ असार २७, शुक्रबार ०७:४३ मा प्रकासित

मोरङ – उर्लाबारी नगरपालिका-६ को मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।

उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट खटिएकाे प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वकाे टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।

घाइते महिलाको उर्लाबारी-५ को अरनिको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु