उर्लाबारी । पूर्वको चर्चित टेलिफिल्म दोवाटेमा समलिङ्गी जोडी रुपक गिरी र अनुभव दर्जीले विशेष भूमिकामा देखिने भएका छन् । दोवाटेको भाग २ सय २६ मा समलिङ्गीको कथा वस्तुमा उनीहरुलाई अभिनय गराएको निर्देशक हरेन्द्र खत्रीले जानकारी दिए । पूर्वमा स्थापित कलाकारसमेत रहेका खत्रीले समलिङ्गी विवाहलाई समाजले नकारात्मक दृष्टिले हेर्ने गरेको बताए ।

उनले सोही बिषयलाई समेटेर विशेष भूमिकामा केटाकेटा विवाह गरेर चर्चामा आएका समलिङ्गी जोडी रुपक र अनुभवलाई राखिएको जानकारी दिए । दोबाटेमा सरोज तिम्सिना, मनोज न्यौपाने, प्रदिप आचार्य, लक्सना राई, कल्पना पाण्डे, मेनुका कुलुङ, पूर्णकला राई, सागर कट्टेल, धुब्र आचार्य, एलपी खनाल, बन्दना राई, आइन्द्र लिम्बू, समिर सुवेदी, विष्णु भट्टराईलगायतको अभिनय गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड