काठमाडौं, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लखेटिएका छन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको १९ औं सञ्चालक परिषदको बैठक स्थलमा प्रवेश गरेका पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले लखेटेका हुन् ।
मन्त्री पण्डितलाई अंगरक्षकले जोगाएर लगेको एक प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार ति युवाहरुले, 'लालबाबु पण्डित राजीनामा दे' , 'लोकसेवाको विज्ञापन खारेज गर' लगायतका नारा लगाएका थिए ।










