केबि महरा , डडेल्धुरा ।
सुदुरपश्चिमको प्रमुख केन्द्र बिन्दुमा रहेको डडेल्घुरा जिल्लामाको उच्च स्थानमा अमरगाढी किल्ला अवस्थित छ। यसको उचाई लगभग ६५००० फिट सम्म रहेको छ।
जसको निर्माण श्री ५ रणबहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायबिमा सन्चालित नेपाल एकीकरणको शिलशिलामा बिक्रम सम्बत् :- १८४७ भाद्र ३१ गते आईतवारका दिन सेती नदिको नारिदाङ्गमा कप्तान रणबिर खत्रीको नेतृत्वमा आएको दस कम्पनिका गोर्खाली सैनिक जवान र डोटेली सैन्यका बिचमा घमासान युद्ध भयो। सो युद्धमा गोर्खाली फौँजका सामुन्ने डोटेली फौँज पराजित भैसकेपछी डोटि राज्री पनि विशाल
नेपाल अधिराज्यमा गाभिन पुग्यो र यस भु-भागको सु- शासनलाई सुदृढ र बिस्तारका लागि श्री अमरसिंह थापा यस क्षत्रको प्रथम प्रशासकको रुपमा आए ।उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काँकडासम्म बिजय अभियानलाई जारी राख्न यो किल्लाको निर्माण गर्न लगाएका हुन्।
यो किल्लाको निर्माण भैसकेपछी सरदार अमरसिंह थापा ,काजी जगतजित पाण्डे,कप्तान गोलैया,कप्तान रणबिर खत्री,सुब्बा जोगनारायाण मल्ल ,सुब्बा फौदसिंह,सुग्विर खत्री आदि सैनिक कमाण्डहरुले यस अमरगढी किल्लालाई आधार किल्ला कायम गरि काली कुमाउ सर गर्ने कार्य गर्दा बिच बाटैमा धौली थानानेर रङ्गयौलिमा कुमाउका राजा मोहन चन्दको फौजले गोर्खाली फौजमाथी एक्कासी आक्रमण गरिदियो ।यसबेला गोर्खाली सैन्य पनि सजग नरहेका कारण फलत: गोर्खाली फौजको पराजय भयो । जसकारण गोर्खाली फौज पछिल्तिर सर्नु पर्यो । तर, केही समय पछि अमरगढी किल्लाबाट गएको टोलिले पुन: काली कुमाउ तिर अग्रसर भयो ।गोर्खाली सैन्यको अपुर्व पर्दशनले तथा स्वयं अमरसिंह थापाको रणकुशलताले गोरखाली पक्षको बिजय भयो ।
यसरी धौली थाना समेत नेपालको नियन्त्रणमा आयो ।अन्तमा बि.स. १८४७ चैत्र १५ गतेका दिन कुमाउको राजधानी अलमोडामा राजा महेन्द्र चन्द, सन् १८०४ जनवरीमा गढवालका राजा प्रीम्धुम्न शाह र सन् १८०७ भाद्रमा काँकडामा राजा संसार चन्दलाई परास्त गरि नेपाल राज्यको बिस्तार गरिएको थियो।
बिजय अभियानको समाप्ति पछी अमरगढी किल्लाको मातहतमा रहनेगरी एउटा किल्ला( छाउनी) कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण सन् १८७३ को अंङ्ग्रेज सङ्गको लडाईमा महाकाली वारि संरक्षण भएको थियो ।यसरी ऐतिहासिक तथ्यबाट के प्रष्ट हुन्छ भने सन् १८४७ पछिको नेपालको सार्वभौमिकतामा यस किल्लाको सामरिक महत्त्व पनि धेरै थियो ।
अमरसिंह थापा द्वारा निर्माण गरिएको विशाल ढुङ्गे किल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुङ्गाले बनाईएको उक्त किल्लाभित्र लँडाईगर्न सैनिकका लागि बनाईएका गुफाहरु छन् । भने शत्रुहरु लाई छल्न अनेक युद्ध सफलताका सैनिक सस्र प्रयोग र शत्रु द्वारा आएका सस्र निरोध गर्ने मार्गहरुको निर्माण गरिएको छ। हाल उक्त किल्लाको बिछ भागमा उग्र भैरवको मुर्ती प्रतिस्थापन गरिएको छ।जसले यश किल्लाको धार्मिक तथा सामरिक महत्त्व अझ झल्किन्छ। बि. स. १८८४ सम्मको किल्ला नै प्रमुख छाउनिको रुपमा थियो ।हालको जिल्ला प्रहरी कार्यालय ,शसस्त्र प्रहरी बेस क्याम्प र दुरसन्चार कार्यालय रहेको मैदान तत्कालीन सैनिकहरुको कवाज खेल्ने ठाउँ हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ ।
तत्पश्चात १९७४ मा हालको डडेल्धुराको भु-भाग अमरगढी सदरमुकाममा रहनेगरी तल्लो सोराडका १३ वटा गाबिस सहितको डडेल्धुरा गौडाको स्थापना यहि अमरगढीमा गरिएको थियो।
हालको अमरगढी रहेको क्षेत्रलाई कत्युरबन्सिरैका राजा नाग मल्लले बिभक्त गरेका गर्खा मध्येको सहश्रलिङ्ग ,डोटिघटाल,खलङ्गा, भुमिराज,उग्रतारा तथा हालको बगरकोट गा.वि.स को क्षेत्र समेतलाई 'छगर्खा ' भनिएको थियो भने २००९ सालको नेपाल सरकारको ग्राम पन्चायत गठन गर्ने निर्णय पश्चात् ,हालको बगरकोर गा.बि.स. समेतको यो नगरपालिका क्षेत्र लाई उग्रतारा पोखरा ग्रामपन्चायतको नामाकरण गरिएको थियो। २०१९ सालमा ग्राम पन्चायत कायम भइ जिल्ला पन्चायतको अवधारणा सुरु भएपछी २५ गा. बि. स. उग्रतारा,घटाल,सहश्रलिङ्ग,खलंङ्गा,मणिलेक,बेलापुर,नवदुर्गा,मष्टामाण्डौ,असिग्राम,,गाङ्ग्खेत ,आलिताल, जोगबुडा,शिर्ष,भागेश्वर,रुपाल,देवलदिब्यपुर,चिपुर,भद्रपुर,अजयमेरु,समैजी,कोटेली,बगरकोट आदि गभिएर डडेल्धुरा जिल्लाको निर्माण गरिएको थियोे । २०४६ पछिको परिवर्तन पश्चात् प्रजातन्त्र सुदृढीकरण र विकाश निर्माण अघि बढाउन पुन: २०५४ सालमा उग्रतारा,घटाल,खलङ्गा,भुमिराज,सहश्रलिङ्ग गाबिस लाई ११ वडा मा विभाजन गरि अमरगढी नगरपालिका निर्माण गरिएको हो।
यसरी एति ठुलो ऐतिहासिक महत्त्व बोकेको र अंङ्ग्रेज जस्तो आधुनिक शक्तिले सम्पन्न साम्राज्यलाई परास्त पार्दै राष्ट्रिय सार्वभौमिकताको संरक्षण समेत यस किल्लाको मातहतमा भएकोले नेपालको इतिहासमै गौरवशाली ब्यक्तिको नामबाट किल्ला तथा नगरपालिकाको नामाकरण गरिएको छ।
हाल यो किल्ला उचित संरक्षणको अभावमा जिर्ण बन्दै गैरहेको छ ।जुन सबैको चिन्ता र चासोको बिषय बन्न जरुरी रहेको छ ।
नेपालका दुईवटा किल्ला मध्ये पुर्वको सिन्धुलिगढि र पश्चिम् को पुर्ण जिवित तथा छुट्टै पहिचान रहेको ऐतिहासिक, पौराणिक र धार्मिक किल्लाका रुपमा अमरगढी किल्ला परिचित छ ।
स्रोत : अमरगढी नगरपालिका को फाईल प्रतिवेदन तथा विभिन्न पत्रपत्रिकाहरु बाट










