दमक/लगातारको बर्षाका कारण आएको बाढीले आज झापाको दमकसंगै जोडिएको ईलामको चुलाचुली गाउँपालिकाका स्थित बागद्वार खोलाले एक व्याक्तिलाई बगाए बेपत्ता बनाएको बताईएको छ ।
बाढीले ईलाम चुलाचुली १ हातिलेदाका अन्दाजी ५० वर्षिय अञ्चल लावतीलाई विहान ९ बजे खोला तर्ने क्रममा बगाएर बेपत्ता पारेको स्थानिय तिलक फागोले जानकारी दिए ।
खोलाले बगाएको जानकारी पाउन साथ खोजि कार्य तिब्र रुपमा अघि बढाइएपनि उनको अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ ।










