बर्दिबास–अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बर्दिबासको भक्तिपुर पुल भत्किएको छ । पुल भत्किँदा पूर्वपश्चिम राजमार्गमा चल्ने सयौं सवारी साधन जाम भएका छन् । यात्रु अलपत्र परेका छन् । इलाम जाँदै गरेका दीपक खनालका अनुसार गाडी अघि बढ्न सक्ने अवस्था छैन ।

अहिले पनि गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको र धेरै यात्रु अलपत्र पर्ने अवस्था आएको उनले बताए ।राति १२ बजेर १० मिनेटको समयमा पुल भत्किएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ ।अहिले नदीमा पानीको बहाव बढ्नुका साथै वरपर जलमग्न भएकाले डाइभर्सन गर्न सक्ने अवस्था पनि नरहेको प्रहरीले जनाएको छ ।