दाङ । अविरल वर्षासँगै दाङको ग्वार खोलामा आएको बाढीले बस बगाएको छ। ग्वार खोलामा धुँदै गरेको बसलाई एक्कासी आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनलाई भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ। ग्वार खोलामा ठुलो बाढी आउँदा अहिले घोराही–तुलसीपुर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।










