काठमाडौं- बिहीवारदेखि परेको भारी वर्षाका कारण देशका विभिन्न स्थानका सडक र राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार भारी वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका १० बाँदरेमोडमा डाँडाबाट लेदो खसेर दुई तर्फी बाटो बन्द भएकोमा अहिले भने लेदो पन्छाएर बाटो सुचारु गरिएको छ ।

नारायणगढबाट काठमाडौं आउने बाटो अहिले सुचारु भएको प्रहरी प्रधान कार्यालयले बुलेटिनमार्फत जनाएको छ । त्यस्तै हेटौंडाबाट काठमाडौं आउने बाटो अवरोध रहेको प्रहरीले जनाएको छ । कुन-कुन सडक अवरुद्ध छन् ? हेर्नुहोस् सूची

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड