भोजपुर- अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

घरमा बसिरहेका राईकी श्रीमती, दुई छोरालाई शनिवार बिहान करीब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राई घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरूलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ । स्थानीयले मृतकको शव निकाल्न नसकेपछि जेसीबी लगिँदै गरेको प्रहरीले जनाएको छ । राईको घर भिरालो जमिनमा भएको बताइएको छ ।