लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको एक शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका हुन् ।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पताल पुगेकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी सापकोटालाई उद्धेत गर्दै राससले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बताइएअनुसार उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहानामा सँगै गएकी थिइन् । अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बहाना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।

छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको थियो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।