इटहरी / इटहरीस्थित सुकुमारी खोलाले बिहीबार बगाउँदा बेपत्ता भएका सागर थापाको शव दुई दिनपछि फेला परेको छ । इटहरी उपमहानगरपालिका–५ सिमरवना भएर बग्ने सुकुमारी खोलाले बगाउँदा थापा बेपत्ता भएका थिए ।
शुक्रबार उद्योग बाणिज्य संघ इटहरीको पहलमा नेपाली सेनाले तीब्र रुपमा खोजी कार्य गरेको भएपनि पत्ता लागेको थिएन । उदयपुरका स्थायी घर भएका थापाको दुई दिनपछि पानीको सतह घटेपछि शनिबार बिहान शव भेटिएको हो । थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलले बताए। थापा इटहरी ५ सिमरवनामा रहेको एक ग्रील पसलमा कार्यरत थिए ।










