माेरङ - मोरङको रतुवा खोला बाँध फुटाएर गाउँमा पसेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर १० मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँ पसेपछि त्याहाँका घर डुबानमा परेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हरेक वर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो वर्ष पहिलो वर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थानीय त्रसित भएका छन् ।

मंगलबारेबाट फुटेको बाँधले रंगेली–विराटनगर सडक खण्डको दादरबैरिया क्षेत्रमा आउजाउ गर्न समस्या भएको छ ।उज्यालो