मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र कमजोर अवस्थामा रहेको छ। यी प्रणालीहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुदै जानेछ। हाल देशका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ ।

आइतबार दिउँसोको समयमा देशभर सामान्यदेखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक–दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। त्यस्तै रातिको समयमा देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशको पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमी भू–भागको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर हल्का वढन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ । साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ ।