#


रतुवा र मावा खोला उत्खनन् गर्नेको ३ करोड ७३ लाख बैक ग्यारेन्टि जफत गर्न दमक नगरपालिकालाइ अदालतको साथ

    २०७६ असार २९, आईतवार १६:३१ मा प्रकासित

विष्णुप्रसाद पोखरेल

झापा । दमक नगरपालिकाले रतुवा तथा मावा उत्खननमा लगाएको ठेक्का रकम नतिर्ने ठेकेदार कम्पनीबाट बाँकी रकम असुल गर्ने भएको छ । शिवालिक निर्माण सेवाको तर्फबाट शशिराज पौड्यालले धरौटी रकम झिक्न नदिनका लागि पुनारावेदन अदालतमा रिट हालेका थिए । आइतवार रिट खारेज भएको छ ।

 

नगरापकिकाले जेठ मसान्तमा नै खोला उत्खनन् गर्न रोकेपनि असार मसान्तसम्म नै उत्खनन् भएपनि आफुलाइ रोक लगाइएको भन्दै उल्टै नगरपालिकालाय मुद्धा हालेपछि यो बिषयले दमकमा तरंग पैदा भएको थियो ।

 

 

नगरपालिकाले ज्ठमा नै ३२०३५२ घन मिटर उत्खनन गर्नका लागि अनुमति दिएकोमा ३४८९०९ घन मिटर उत्खनन गरेको उल्लेख गर्दै अब उप्रान्त उत्खनन कार्य रोक्ने भन्दै बोर्ड बैठकले निर्णय गरेको थियो ।

 

 

८ करोडभन्दा बढिमा खोला ठेक्का लागेको थियो । यसमध्ये ३ करोड ७३ लाख निर्माण कम्पनीले नगरपालिकालाइ पैसा नतिरेपछि बैक ग्यारेन्टि जफतका लागि बैकमा पत्रचार गरेको थियो ।

 

 

शिवालिक निर्माण सेवाले अदालतमा रिट हाल्दै स्टे अर्डर ल्याएर बैक ग्यारेन्टि झिक्न दिएको थिएन । आईतवार रिट खारेज भएसंगै अब नगरपालिकाले यो रकम झिक्न पाउने जनाइएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु