दमक/झापाको दमकमा झण्डै आधा करोडको लगानीमा दमकमा नयाँ फुड कर्नर शुरु हुने भएको छ ।

पुर्व पश्चिम राजमार्गस्थित दमकको गणतन्त्र चोक नजिकै उत्तर तर्फ एचके फुड एण्ड बार (HK FOOD & BAR)शुरु हुने भएको हो । यसको औपचारिक उद्घाटन तथा शुरुवात असार ३० गते सोमबार हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसका सञ्चालक कुमार गौतमका अनुसार विहान सवेरैदेखि खाजा खाने स्थानको अभाव रहेकाले आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयलाइ ध्यान दिएर हाइवेको खाजा कर्नरको रुपमा यो स्थापना भएको हो ।

हाइजेनिक र पुर्ण पारिवारिक रुपमा यसलाइ सञ्चालन गरिने पनि उनले जनाए । होटल कामक्षका सञ्चालकहरु मातहत नै यो फड एण्ड बार रहेको समेत बताईएको छ ।