मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो । हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ । मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् ।

बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए । यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका थिए । पछि तिनै देवता त्यहीँ बसे । त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ ।

बौद्धमार्गीको भनाई चाहिँ फरक छ । उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए । फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए। त्यो जल मुक्तिनाथमा सञ्चय गरेछन। त्यसबाटै १०८ धारा बनाइयो। मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ। गुम्बाभित्र गुरु पद्धमसंभवको मूर्ति छ।

उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए। त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगै ढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ ।एक बाबाले मुत्तिनाथ मन्दिरको रहस्य् बारे यसो भन्छन हेर्नुस यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah