#

झापामा एक बिहानै अढाइ बर्षिय बालकलाइ खोलाले बगायो

    २०७६ असार ३०, सोमबार ११:२२ मा प्रकासित

अविरल वर्षासंगै आएको बाढीले बगाउदा सोमबार झापामा एक बालकको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा सोही ठाँउ अढाई वर्षिय अजित प्रसाईको मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अजितका बुबा गंगाराम प्रसाई खेतमा काम गर्न गएपछि पछ्याउदै गएका बालकलाई खोलाले बगाएको थियो । तत्काल उद्धार गरेर उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी हस्पिटल ल्याएपनि उनको अस्पतालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउदाँ झापामा तीन जनाको मृत्यु भइसकेको छ भने एक जना वेपत्ता भएका छन् । यसैबीच बालबच्चालाई घरबाहिर एक्लै नछाड्न प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आग्रह गरेका छन् । उनले वर्षा जारी रहेकाले सर्तक रहन सबैसंग अनुरोध गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु