काठमाडौं। यदि तपाइँले कसैको मन दुखाउनु भएको छ भने त्यसलाई लाझ लागेर लुकाउनु हुँदैन। कहिले काँही हामीले यस्तो गल्ती गर्छौं वा बोल्छौं जसका कारण हामीलाई पछि गएर पछुतो हुन्छ। यस्तो कामले कयौं पटक हामीले आफन्तलाई दुख दिएका हुन्छौं।
यस्तो परिस्थितिमा के गर्नुपर्छ भन्ने विषयमा आज हामी जानकारी दिन गइरहेका छौं। आफूलाई माफ गर्नलाई हामीले पहिला के गरेका थियौं भनेर जान्नुपर्छ। आफूसँग भएको घटनालाई विस्तारमा लेख्नुस्, त्यसमा ती कुरा पनि लेख्नुस जसबाट विषय परिस्थिति उत्पन्न भएको थियो। कुनै अरु व्यक्तिलाई दोष दिनबाट बचौं र आफूमा ध्यान केन्द्रित गरौं।
आफ्नो गल्ती छ भने माफी माग्न पनि पछि हट्नु हुँदैन। माफी मागनु सजिलो विषय होइन। तर आफ्नो गल्ती छ भने माफी माग्दा आफू सानो भइँदैन।



