वि.सं. २०७६ असार ३१,मंगलबार, इ.स. २०१९ जुलाई १६, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ दिल्लाथ्व, आषाढ शुक्लपक्ष, पूर्णिमा, २६:०८ उप्रान्त प्रतिपदा, नक्षत्र– पूर्वाषाढा, २०:५० बजेउप्रान्त उत्तराषाढा, योग– वैधृति, २८:१० बजेउप्रान्त विष्कम्भ,करण– भद्रा, १३:३४ बजेदेखि वव, २६:०८ बजेउप्रान्त वालव, आनन्दादिमा मित्र योग, चन्द्रराशि– धनु, २७:१४ बजेउप्रान्त मकर, सूर्योदय– ५:१९ बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी १ पला।व्रत/पर्व- गुरुपूर्णिमा, पूर्णिमा व्रत, गुरु व्यास पूजा,दक्षिणामूर्ति पूजा,मन्वादि,दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान,२५:४६ देखि २८:४५ बजेसम्म खण्डग्रास चन्द्रग्रहण। आषाढ मसान्त।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकियाका कामहरु बन्नेछ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) – पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आजको शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आजको शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ, विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ। दिब्य ज्योतिष बाट



