हामीलाई थाहानै छ कि कालाष्टमी दिन भैरवको जन्म भएको हुनाले यस दिनलाई भैरव जयन्ति भनेर मान्ने गरिन्छ। काल भैरवलाई भगवान शिव को अवतार समेत मान्ने गरिन्छ। कालभैरवको पूजा गर्दा आफूमा भएका सम्पूर्ण नकारात्मक कुराहरु टाढा भई जीवनमा सफलता मिल्ने विश्वास रहेको छ। काल भैरवको पूजा गर्दा जीवनका सम्पूर्ण दुख कष्टहरु समेत नष्ट भएर जाने कुरा शास्त्रमा उल्ल्लेख गरिएको छ।

तपाई काल भैरवको पूजा गर्दा पाठ गर्नु पर्ने मन्त्र : ह्रीं उन्मत्त भैरवाय नम।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कालभैरवको पूजा गर्ने दिन विहान छिट्टै उठेर स्नान गरि वर्त लिएर आफ्ना पितृहरुको सम्झनाका साथ श्रद्धा गर्नुहोस। त्यस पश्चात भैरवको पूजा गरि रातको मध्यमा बत्ति बलि ,कालो तिल,सरौशको तिल आदीको साथमा भैरवको आरती गर्नुहोस। यति गरिसकेपछि वर्त भंग गरि कालो कुकुरलाई सेलरोटी खुवाउनुहोस्।

‘यस्ता व्यक्तिको घरमा धनको बास हुँदैन’

काठमाडौं, समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए भनेर हिन्दू शास्त्रमा उल्लेख छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिईन भनि शास्त्रमा उल्लेख गरिएको छ ।

– ‘लोभस्य पाप कारणम’ भनि शास्त्रमा उल्लेख छ । अर्थात लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुँदैन ।

– मासु, माछा को धेरै प्रयोग हुने घरमा पनि लक्ष्मीको बास हुन सक्दैन ।

– स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहने घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन् ।

– अहंकार गरेर बस्ने परिवार बस्ने घरमा लक्ष्मीको बास हुन सक्दैन ।

– स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने शास्त्रमा उल्लेख छ ।