काठमाडौं। मंगलबार आज गुरु पूर्णियामा हो। गुरु पूर्णिमामा गुरुलाई पूजा गरिन्छ। शास्त्रमा गुरुको महत्वलाई भगवान भन्दा पनि ठूलो भनेर वर्णन गरिएको छ। गुरुले हाम्रो गल्ती सुधार गर्दै हाम्रो प्रतिभालाई अगाडि बढाउँछन्। गुरुले दिएको ज्ञानले नै हाम्रो जीवन सुखमय हुन्छ। गुरुको महत्व कति हुन्छ भन्ने विषयमा हामी एउटा कथा सुनाउन गइरहेका छौं।
प्राचीन समयमा एक आश्रममा गुरु र शिष्य खेलाउना बनाउँथे। खेलाउन बेचेर दुवैले आफ्नो जीवन यापन गर्दै आएका थिए। गुरुको मार्गदर्शनमा शिष्यले निकै राम्रा खेलाउन बनाउन थाले। उनले बनाएका खेलाउन धेरै मूल्यमा बिक्री हुन्थे। तै पनि गुरुले शिष्यलाई मन लगाएर काम गर, तिम्रो काममा कुशलता आइसकेको छैन भन्थे।
गुरुको कुरा सुनेर शिष्यलाई के लाग्यो भने गुरुले बनाएको खेलौना मैले बनाएको भन्दा कम मूल्यमा बिक्री हुन्छ, कम मूल्यमा बिक्री भएपछि गुरुले पीडा भएको हुनुपर्छ अनि मेरो कामलाई राम्रो नदेखेको हुनुपर्छ भनेर सोच्न थाले।
गुरुले लगातार राम्रो काम गर्न सल्लाह दिएपछि शिष्यलाई रिस उठ्यो। शिष्यले गुरुसँग भने–गुरुजी, म तपाइँको भन्दा राम्रो खेलाउना बनाइरहेको छु। मैले बनाएको खेलौना धेरै मूल्यमा बिक्री पनि भइहरेका छन्। फेरि तपाइँ भने मलाइ राम्रो खेलाउना बनाउन भन्नु हुन्छ, कुरा के हो?’
गुरुले बुझे शिष्यमा अहंकार आयो, त्यही भएर शिष्य क्रोधित हुन थाल्यो। गुरुले शान्त स्वरमा भने–बाबु, म जब तिम्रो उमेरको थिएँ, त्यतिबेला मेरा खेलौना पनि मेरा गुरुको भन्दा खेलाउना भन्दा धेरै मूल्यमा बिक्री हुन्थे। एक मैले पनि तिम्रै जसरी एक दिन गुरुलाई यस्तै जवाफ फर्काएको थिएँ। त्यसपछि गुरुले मलाइ सिकाउन र सल्लाह दिन छोड्नु भयो र मेरो कलाको विकास हुन सकेन। म चाहन्न की मसँग जे भयो, त्यो तिमीसँग पनि होस्।’
गुरुको यस्तो कुरा सुनेर शिष्य लज्जित भए अनि गुरुसँग क्षमा मागे। त्यसपछि उसले गुरुको हरेक आज्ञाको पालना गर्दै गए। विस्तारै विस्तारै आफ्नो कलाका कारण उनको ख्याती टाढा टाढासम्म हुन थाल्यो। यो कथाबाट के शिक्षा मिल्छ भने आफ्नो गुरुको सम्मान गर्नुपर्छ। गुरुले दिएको सुझाव अनुसार काम गर्नुपर्छ। तब मात्र हाम्रो जीवन सुखमय हुन्छ।










