काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा भन्दा केही तल अवस्थित छ जसको कारण मनसुन गतिविधि देशभर कम सक्रिय रहने मौसम विज्ञमा विभागले जनाएको छ । देशका सबै जसो स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ ।
पश्चिमी भूभागका थोरै स्थानमा साथै मध्य भू–भागका र पूर्वी भू–भागका केही स्थानमा मनसूनी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीमा जलको बहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको छ ।
साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।










