झापाको कमल गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि करिव ६२ करोड २९ लाख रुपैयाँ भन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा आज एक कार्यक्रम गरि वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाँउपालिकाको ६२ करोड २९ लाख ९२ हजार रुपैयाँको वजेट सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएको वजेटमा आन्तरिक स्रोतसहित संघीय तथा प्रदेश सरकारको वजेट समावेश छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कृषिको विकास कमल गाँउपालिकाको निकास’भन्ने लक्ष्यका साथ वजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर ‘अध्यक्ष कृषि पकेट विकास कार्यक्रम ’ सञ्चालनमा ल्याएर कृषिमा आधुनिकरण गरिने वजेटमा उल्लेख छ ।

वजेटले आर्थिक विकासतर्फ कृषिसंगै पशु, सहकारी, उद्योग वाणिज्य, पर्यटन तथा सामाजिक विकासतर्फ खानेपानी सरफाई, स्वास्थ्य,लक्षित वर्ग,सार्वजनिक महत्वका विषयमा समेटिएको छ ।

यसेगरि वजेटले पूर्वाधार विकासतर्फ सडक, कल्र्भट, विद्युत, वस्ती विकास तथा वातावरणका क्षेत्रमा समेत प्राथमिकता दिईएको अध्यक्ष काफ्लेले वताउनुभयो ।

कार्यक्रममा गाँउपालिकाले गएको वर्ष उत्कृष्ठ कार्यसम्पादन गरे वापत गंगामाया दनुवारलाई ३० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्रसहित उत्कृष्ठ कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै २० हजार राशीको उत्कृष्ठ कर्मचारी पुरस्कारवाट निर्मला गौतम भण्डारीलाई समेत पुरस्कृत गरियो ।