अखिलेश कुमार यादव / रौतहट

खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा रौतहटमा एक युवकको मृत्यु भएको छ । गढ़िमाइ नगरपालिकाको वडा नं. ४ सङ्ग्रामपुरमा रोपाइँको लागी खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा परमेश्वर यादवको छोरा मनोज यादवको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पल्टिएको ट्रयाक्टरले च्यापिएर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जनता टाइम्स बाट