एजेन्सी । भगवानको पूजा गर्नका लागि विहानको समय सबै भन्दा महत्वपूर्ण मानिन्छ। हुनत दिनभर जुन कुनै समयमा पनि सच्चा मनले भगवानको आराधना गर्न किन्छ। तर मुहुर्तमा पूजा गर्नुको विशेष महत्व हुन्छ। विहान विहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ। निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ। यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन्। भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ।

दिनमा असान्त हुने गर्दछ:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विहानपछि हामीले अन्य समय कयौँ काममा विताउने गर्दछौँ। जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ। कामले गर्दा मन असान्त हुने गर्दछ। त्यस्तो हुँदा कुनै बेला अधार्मीक कुरामा पनि मन पुग्ने गर्दछ। यस्तो अवस्थामा पुजा गर्न निकै मुस्किल हुने गर्दछ। त्यसैले यी कुरालाई मध्यनजर गर्दै विहानको मुहुर्त पुजाका लागि निकै उत्तम हुने गर्दछ।

विहान पुजा गर्दा प्राप्त हुन्छ फल:

जहाँ शान्ती र कुनै पनि अधार्मीक कुरा नहुने पुजाबाट भगवान प्रसन्न हुने गर्दछन। विहान गरेको पुजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ, की हाम्रो तनाव तथा समस्या हटने गर्दछ। दिमाग तिब्र रुपमा चल्दछ। त्यसैले हामीले एकमाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ। यस कारण विहान पुजा गर्ने परम्परा चलिआएको हो। Published by: InternetKhabar.com