काठमाडौं । प्रेमीको जन्मदिन मनाउन गएकी किशोरी मृत फेला परेकी छन् । बालाजुमा प्रेमी भीम मगरको जन्मदिन मनाउन गएकी त्रिपुरेश्वरकी जेनी तामाङ मृत फेला परेकी हुन् । जेनी सोमबार साँझ भीमकाे जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् ।

के हो घटना ?
महानगरीय प्रहरी परीसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जन्मदिन मनाउन जेनी भीमको कोठामा पुग्दा प्रविना नगरकोटी नाम गरेकी किशोरी थिइन् ।

भीमको कोठामा अर्कै केटीलाई देखेपछि उनीहरुबीच विवाद उत्पन्न भएको थियो ।

विवादको केही समयपछि जेनी मृत भेटिएकी थिइन् ।

विवादपछि जेनी शौचालय गएको र केही बेरसम्म पनि नआएपछि शौचालयमा हेर्दा झुण्डिएको अवस्थामा भेटेको भीमले प्रहरीसँग बयान दिएका छन् । बोगटीका अनुसार भीम दुई किशोरीसँग प्रेमसम्बन्धमा थिए । भीम र प्रविनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय