काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरीको आरोप लागेको छ । बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘समाचार’बोलको गीतको संगीत चोरी भएको आरोप लागेको हो ।

हेटौंडाका बिक्की महतले दश महिना अगाडि सार्वजनिक आफ्नो गीत ‘बुझाइदेउन तिमी मलाई’को संगीतसंग ‘समाचार’को संगीत हुबहु मिलेको भन्दै महानगरिय प्रहरी परिसरमा उजुरी दिएका छन् । डिसी नेपालसँगको कुराकानीमा बिक्कीले केही दिन अघि उजुरी दिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मैले उहाँ (कालीप्रसाद)सँग कुरा गर्न खोजको थिएँ । शायद ब्यस्त भएर होला । कुरा गर्न चाहनुभएन’ बिक्कीले डिसी नेपालसंग भने, –‘उहाँको लोकप्रियतालाई हेरेर ३/४ दिन कुरेँ पनि । अनि कुनै प्रतिक्रिया नजनाएपछि बाध्य भएर निवेदन दिएँ ।’

संगीतकार बाँस्कोटामाथि यसअघि पनि संगीत चोरीको आरोप लागेको थियो । यसअघि उनको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको ‘इन्स्टाको फोटो’को संगीत एक फ्रान्सेली गीतको संगीतसंग हुबुहु मिलेको आरोप लागेको थियो ।