धनुषा – जनकपुरमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेकाे छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको छ । प्हररीले शिक्षकहरुमाथि लाठीचार्ज साथै धडपकडसमेत गरेकाे छ । त्यस क्रममा शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाउनुभयो । अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएकाे असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।

माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल नगरेकाले बाध्य भएर सडक जाम गरेपछि मुख्यमन्त्रीको निर्देशनमा उल्टै आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत शिक्षकहरुको भनाइ छ ।

जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले दु:खेसो पोखेका छन् । संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगार खोसिएको समितिका संयोजक धमेन्द्र कुमार यादवले गुनासो गर्नुभयो । उज्यालो अनलाइन बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय