काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् ।

‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ। यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरु बढ्दै गएका छन्। यदि तपाईको ‘इन्स्टाग्राम स्टोरीज’ वा ‘ट्वीटर फीड’मा ती व्यक्तिहरुले भरिएका छन् जसले आफ्नो वर्तमान उमेर भन्दाबढी बढी र स्मार्ट देखाउन चाहेका छन्, तिनीलाई आफ्नो अनुहार देखाउन तपाईले ‘फेसएप’लाई धन्यवाद दिन सक्नु हुनेछ। यसका साथै सुरक्षा चुनौतिको सामना गर्न भने तपाई तयार हुनैपर्छ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए। त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो। विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए। प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ। एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ। यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ। उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु। यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन्।

प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन्। उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ। एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ। यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ। यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ। विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ। कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन्।’

‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ। यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ। यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ। यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्बिरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ। यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो। यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ। यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ।

के हो फेसएप?
फेसएप एउटा फोटो-मर्फिङ एप हो, जुन अनुहारमा परिवर्तन गर्नका लागि आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) र तपाईका वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिन्छ। यो एपले तपाईको फोटो ग्यालरीमा रहेका तस्बिरहरु उपयोग गर्न सक्छ वा तपाई एपभित्रै पनि एउटा तस्बिर खिच्न सक्नु हुनेछ। निःशुल्क सेवाले एआईको प्रयोगबाट तपाईको फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ। यसले तपाईँको कपालको रंग पनि परिवर्तन गर्न सक्छ। तपाईँलाई यो हेर्नका लागि पनि अनुमति दिन्छ कि तपाई दाह्रीका साथ कस्तो देखिनु हुन्छ?-कान्तिपुरअनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय