अजमेर। राजस्थानको बजरंगगढमा रहेको हनुमानको एक प्राचीन मन्दिरमा एक अचम्मको दृश्य देख्न पाइन्छ। जुन दृष्यले जो कोहीलाई अचम्मित पार्छ।वास्तवमा त्यो मन्दिरको सेवा कोही मानिसहरुले होइन एक बाँदरले गर्ने गर्छ। रामु नामको त्यो बाँदरले लगातार ८ वर्ष देखि यहाँको मन्दिरको सेवा गरिरहेको छ।

यो बाँदरले त्यहाँ भएको खानेकुरा खान्छ र त्यही मन्दिरमा सुत्ने गर्छ। त्यहाँका मानिसहरुले रामुलाई साक्षात बालाजीको रुप मान्ने गर्छन। त्यो मन्दिरमा रहेको हनुमानको मूर्तिको मुख खुला रहेको छ। भक्तजनद्वारा चढाएको प्रसाद सिधा हनुमानको मुखमा पुग्छ भन्ने मान्यता त्यहाँ रहेको छ।

रामुले मन्दिरमा हनुमान चालिसाको पाठ गरेको समयमा शान्त भएर ध्यान दिएर सुन्ने गर्छ भने आरती गरेको समयमा मन्दिरको घन्टी बजाउने गर्छ। यति मात्र होइन भजन गाउँदा नाच्ने पनि गर्छ। उसले मन्दिरमा आउने भक्तहरुलाई शिरमा हात राखेर आशीर्वाद पनि दिने गर्छ। यसका साथै अरु भक्तले जस्तै निधारमा टिका पनि लगाउने गर्छ।

ओंकार सिंह नामक व्यक्तिले त्यो मन्दिरको चौकीदारी गर्छन। उनी र रामु एकदमै मिल्ने गर्छन। करिव ८ वर्ष पहिला रामु मदारिकोबाट भागेर त्यो मन्दिर आएको र त्यही बस्न थालेको ओन्कारले बताए। रामु त्यो मन्दिरमा आउदा निकै बिरामी भएको र उनले नै उसको सेवा गरेको ओन्कारले बताए। यही कारणले यी दुइ जनाबीच मित्रता बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah