नेपाल टेलिकमले पोस्टपेड मोबाइल र ल्यान्डलाइन टेलिफोनको मूल्य घटाएको छ। टेलिकमकाअनुसार अब पोस्टपेड मोबाइलको सिम ९ सय ४५ रुपैयाँमा पाइनेछ। यसअघि पोस्टपेडको सिम शुल्क १ हजार ५ सय १० रुपैयाँ थियो।

त्यसैगरी टेलिकमले स्थानीय टेलिफोन (पिएसटिएन) को मूल्य पनि घटाएको छ। अब ग्राहकले १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन लिनसक्ने छन्। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपथ्र्यो। साउन १ देखि नै नयाँ मूल्य लागू हुने टेलिकमले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै टेलिकमले स्थानीय टेलिफोन नामसारीको शुल्क पनि घटाएको छ। टेलिफोन नामसारीमा ५ सय ६५ रुपैयाँ कम गर्दै ६ सय ७८ रुपैयाँ तोकिएको छ। यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनुपथ्र्याे।

आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भएअनुसार शुल्क घटाइएको टेलिकमले जनाएको छ। नयाँ विधेयकमा टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्कवापत् ५ सय रुपैयाँमात्र लिने व्यवस्था गरिएको छ। नेपाल न्यूज बाट साभार