#

काकडभिट्टा आउदै गरेको बस बिभत्स दुर्घटना

    २०७६ श्रावण २, बिहीबार ११:०५ मा प्रकासित

झापा । मोरङको पथरी शनिश्चरेमा बिहीबार यात्रुवाहक बस पल्टिएर दुर्घटना भएको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको तत्काल नाम थर वतन नखुलेका ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ । मोरङको रमाइलोबाट झापाको काँकडभिट्टा आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ११ जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको पथरी ट्राफिकले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु