झापा । मोरङको पथरी शनिश्चरेमा बिहीबार यात्रुवाहक बस पल्टिएको छ । रमाइलोबाट काँकडभिट्टातर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर पल्टिएको हो ।
यात्रुवाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृतकको नाम खुलिसकेको छैन ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते स्थानीय अस्पतालमा उपचार भइरहको प्रहरी जनाएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । जनता समाचार बाट साभार










