महिला र पुरुषबीचको सम्बन्ध जोडिदा जति खुशी मिल्छ, त्योभन्दा बढी सम्बन्ध टुट्दा पीडा हुन्छ । जो प्रेम सम्बन्ध वा वैवाहिक सम्बन्धमा बाँधिएका हुन्छन्, उनीहरुले मिलन र बिछोडको दुवै परिस्थितिको अनुभव पनि गरेका हुन्छन् । सम्बन्ध जोडिदा धेरै कुरामा खुशी मिल्छ । र खुशीका कुरा त्यसै गौण भएर जान्छन् । तर सम्बन्ध टुट्दा भने मानिसहरुलाई सम्हालिन निकै मुस्किल पर्छ । यसैकारण कतिपय सम्बन्ध टुटेका मानिसहरु लागूऔषधको सिकार समेत हुने गरेका छन् । डिप्रेसनमा जाने गर्दछन् ।

हरेक प्रेम सम्बन्ध विश्वासमा अडिएको हुन्छ । त्यसकारण उक्त सम्बन्ध टुटेपछि सम्हालिन निकै मुस्किल पर्छ । यस स्थितीमा आफूले गुमाएका प्रेम पुनः पाउनका लागि धेरै मानिसहरु विभिन्न गल्तीहरु गर्छन् । जुन गल्तीले उसलाई पछि पछुतो लाग्न सक्छ ।

१. भुलेर पनि ब्लक नगर्ने

अक्सर ब्रेकपछि मानिसहरु रिसले आफ्नो प्रेमी वा प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा ब्लक गर्छन् । तपाईंको यस्तो क्रियाकलापले तपाई‌ंले चाहे पनि झनै बढी रिसाउँछन् । यसकारण तपाईंले भविष्यमा उनी आफ्नो जीवनमा फर्किने मौका गुमाउनुहुनेछ ।

२. मोबाइल अफ नगर्ने

ब्रेकपछि मानिसहरु मोबाइल अफ गर्ने, रिसले फोन नउठाउने, नम्बर फेर्ने, रेसपोन्स नगर्ने जस्ता बेवकुफी काम गर्दछन् । ब्रेकअपपछि पनि तपाईं पहिले जस्तै सामान्य बन्नुहोस् । ब्रेकअप पछि पनि तपाईं वा तपाईंले चाहेको मान्छेलाई तपाईंको आवश्यकता पर्दा तपाईंको साथ भएन भने सम्बन्ध झनै टाढा हुन पुग्छ ।

३.पुराना याद आउने सामानहरु राखिराख्ने

अक्सर मानिसहरु सम्बन्ध छुटिसकेपछि पनि उसले दिएका तथा दुई जनाको प्रेम सम्बन्धलाई सम्झाउने केही सामानहरु भए सम्हालेर राख्ने गर्छन् ।चाहे त्यो मोबाइलमा फोटो नै किन नहोस् । तर यसले हामीलाई झनै पीडा थप्ने काम गर्दछ । यसकारण उक्त परिस्थितिबाट बच्नका लागि प्रेमी वा प्रेमिकाका याद आउने कुनै पनि सामान वा वस्तु आफुसँग नराख्नुहोस् ।

४.सामाजिक सञ्जालमा सक्रिय रहनुहोस् र उसको बारेमा सोच्न छाड्नुहोस्

धेरै मानिसहरु ब्रेकअपपछि सामाजिक सञ्जालमा खुलेर पूर्व प्रेमी वा प्रेमिकाको ओलोचना गर्दछन् । यस्तै सामाजिक सञ्जालबाट टाढा पनि रहन्छन् ।सम्बन्ध छुटिसकेपछि पनि सम्झिरहने गर्छन् । तर यसो गर्नु भनेको तपाईंको समयको बर्बादी हो । सामाजिक सञ्जालमा उसको आलोचना गर्नुभन्दा आफू कसरी सफल हुने, के गर्ने भन्ने कुरामा मन लगाउनुहोस् । दैनिक काममा मन लगाउनुहोस् । व्यस्त रहनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah