धनगढी : धनगढीमा भएको वम विष्फोटको जिम्मा विप्लव समूहले लिएको छ।विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको पुष्टि गर्दै विप्लव समूहको सेती-महाकाली ब्यूरो इञ्चार्ज निर्माणले विज्ञप्ति जारी गरेको छ। पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको विज्ञप्तिमा भनिएको छ। ‘पार्टी कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार राति उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमै सिंहको मृत्यु भएको हो। उक्त घटनामा घाइते भएका अन्य चारजनाको शीघ्र स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमा गरिएको छ। घटनामा परी कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरेला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सेरेला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरेपनि विप्लव समूहले भने उनीबारे केही बोलेको छैन।

विज्ञप्तिमा घाइतेको उपचार खर्च पार्टीले बेहोर्ने प्रतिबद्धता जनाइएको छ। घटनामा परी सर्वसाधारण नागरिकहरुमा पर्न गएको असहजताप्रति उक्त पार्टीले दुःख व्यक्त गरेको छ। विस्फोटको जिम्मा लिएको नेकपाले घटनाको परिणामको जिम्मा वर्तमान सरकार भएको उल्लेख गरेको छ। अन्नपूर्ण पोस्ट बाट साभार गरेको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय