नेपालमा पुस्तकालय खुल्ने क्रम तीव्र छ । निजी क्षेत्रबाट टोलटोलमा पुस्तकालय खुलेका छन् । कतिपय पुस्तकालयले पाठकको भोक मेटेका छन् भने कतिपय नाम मात्रैका छन् । कतिपय निजी पुस्तकालयमा सर्वसाधारणको पहुँच छैन । सर्वसाधारणको सहज पहुँचका लागि सरकारले काठमाडौंमा दर्जन बढी पुस्तकालय खोलेको छ । तर उचित संरक्षण र व्यवस्थापनमा चासो नदेखाउँदा अधिकांश पुस्तकालयको अवस्था दयनीय छ । राज्यको सम्पत्तिले खुलेका पुस्तकालयमा सर्वसाधारणको सहज पहुँच पुग्नै मुस्किल छ ।

२०७२ को भूकम्पले ढलेका राजधानीमा रहेका सार्वजनिक पुस्तकालयका संरचना अझै उठ्न सकेका छैनन् । भूकम्पले भत्किँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुराना पत्रिका तथा पुस्तक नष्ट हुने अवस्थामा छन् । पुस्तकालयप्रति राज्यको उदासीनताका कारण नाम चलेका अधिकांश पुस्तकालयको अवस्था कमजोर छ । सरकारी पुस्तकालयमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाह चुस्त छैन । कतिपय पुस्तकालय प्रमुखले सरकारले पुस्तकालयलाई महŒव नदिएको आरोप लगाउँछन् ।

त्रिवि केन्द्रीय पुस्तकालय, संघीय संसद् पुस्तकालय, सर्वोच्च अदालतको पुस्तकालयमा समेत द्विपक्षीय सम्झौता, इतिहास, कलासंस्कृतिका दस्तावेज छैनन् । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पाँच सदस्यीय कार्यदल बनाएर गरेको अध्ययनले सर्वसाधारण सहजै जान सक्ने पुस्तकालयसमेत अस्तव्यस्त रहेको निष्कर्ष निकालेको हो ।यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय