झापा । चट्याङले लागेर झापा र इलाममा चार जना घाइते भएका छन् ।
शुक्रवार साँझ साढे ६ बजे इलामको चुलाचुली गाउँपालिका–३ का ५५ वर्षीय चक्रवीर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाइते भएकोमा विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी इलामले जनाएको छ ।
त्यसै गरी, झापाको बाह्रदशी गाउँपालिका–६ का २६ वर्षीया सुनिता मुर्मु, ४५ वर्षीया माइन सोरेन र ३४ वर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाइते भएका हुन् ।
घाइतेहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










