काठमाडौँ । राति सुत्दा प्याज मोजामा राखेर सुत्ने कुरा तपाईले यसअघि सुन्नुभएको थियो होला । यसो गर्नाले स्वास्थ्यका हिसावमा धेरै कुरामा फाइदा पुग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यसका केही वैज्ञानिक कराण पनि रहेका छन् । जस्तो कि पैतालामा विभिन्न प्रकारका नशा रहेका हुन्छन् । करिब ७ हजारको संख्यामा हुने यस्ता नासामा प्याज राख्नेले प्रभाव पर्न जान्छ । यी नसा हामीले चप्पल लगाउने वा जुत्ता लगाउँदा निस्किृत बसेका हुन्छन् । त्यसै कारण केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह चिकित्सकहरुले दिने गरेका छन् । प्याज र लसुन हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ ।

कसरी गर्ने प्रयोग
अर्गानिक प्याज सेता वा रातो प्याजलाई गोलो पारेर काट्नुहोस् । अर्गानिक प्याज सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ । प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् । रगत अशुद्ध हुने गरेका कारण हामी विरामी पर्ने गरेका छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ । जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ ।

त्यस्तै हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ । सम्भोग पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सम्भोग बैबाहिक जीवन नारकीय बन्न पुग्छ । खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सम्भोगका लागि उपयुक्त उमेर र समय कुन हो त ?

हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ । यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् । विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय