काठमाडौं। घरमा बत्ती बाल्नेर पंखा चलाउने बाहेक अन्यकाममा विद्युत प्रयोग नगर्ने उपभोक्ताको घरमा १ महिनाको बिजुलीको बिल कति आउला ? सामान्यतया निर्धारित न्यूनतम महसुल भन्दा धेरैको बिल आउने सम्भावना रहँदैन । तर, एक किसानको घरमा १ अर्ब २८ करोड ४५ लाख ९५ हजार ४ सय ४४ रुपैयाँको बिजुलीको बिल आएपछि ती उपभोत्तःाको होसहवास उड्यो ।

घटना भारतको उत्तर प्रदेश राज्यको हापुड जिल्लाको हो । शमीम नामका ती उपभोक्ताको घरमा उति धेरै रकमको बिल आएपछि उनी आत्तिए । उनले बिल तिर्न सक्ने कुरै भएन । यतिमात्र होइन उनले समयमा बिल तिर्न नसकेपछि उनको घरको लाइन नै काटिएको छ । बिल विद्युत विभागको गल्तीका कारण यति धेरै रकमको बनेको हो ।

शमीमका अनुसार कोही उनको कुरा सुन्न तयार छैनन् । जब उनी यसबारे गुनासो गर्न गए त्यतिबेला विभागका कर्मचारीले बिल नतिरेसम्म घरमा लाइन नजोडिने बताएर फर्काएको उनले बताए । शमीमकी पत्नी खैरुन निशाका अनुसार उनीहरु बत्ती बाल्न र पंखा चलाउन मात्र विद्युत प्रयोग गर्छन् ।

सहायक विद्युत अभियन्ता राम शरणले स्वीकार गरे कि केही प्राविधिक गल्तीका काारण यस्तो भएको हो । उनले यसलाई सुधार गरिने बताएका छन् । उनका अनुसार यदि पीडित उपभोक्ताले उनीहरुलाई बिल उपलब्ध गराएमा सिस्टममा सुधारपछि सही बिल जारी गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय