५ साउन, काठमाडाैँ । चर्चित दुई बलिउड अभिनेत्रीका छाेराहरूकाे अनुहार मिलेपछि हंगामा मच्चिएकाे छ । अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआकाे अनुहार मिलेपछि अहिले उनीहरूकाे विषयमा निकै चर्चामा भैरहेकाे छ ।

दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला चलेसँगै सनी लियोनीले तैमूर निकै क्यूट भएकाे र आफ्नाे छोरा (नोआ) पनि निकै सुन्दर रहेकाे बताएकी छिन् । तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् । सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् । दैनिकी बाट साभार