भगवान शिबको साउन महिना अर्थात भगवान शिवको महिना अर्को कुरा महिलाहरुको लागि विशेष महिना । शिवको महिना भएको यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले ‘राम्रो वर पाउँ’ भनि र विवाहित महिलाहरुले ‘श्रीमानको आयू लामो होस’ भनि शिवको आराधना गर्ने गर्दछन् । उनीहरु दिनभर अन्न नखाई व्रत बस्ने चलन छ । साउन महिनाको धार्मिक तथा आध्यात्मिक महत्व रहेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । साउनमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ ।

नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

९० वर्षका हजुरआमा देखि लिएर साना –साना नानीहरु युवा युवतीहरु यस महिनामा बढी सौभाग्य आदान प्रदान गर्ने गर्दछन् । विशेषगरी महिलाहरुको लागि साउन महिना विशेष हुन्छ ।सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमी प्रेमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेला हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।

साउन महिना र सोमबारको महत्व

सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउँछन् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने भनी हेमाद्रीले रचना गरेको ‘चतुर्वर्ग चिन्तामणि’, मित्र मिश्रले रचना गरेको ‘वीरमित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमबार व्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको उनले सुनाए। महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको अध्यक्ष गौतमको भनाइ छ । हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ ।

साउनमा ब्रत किन,कसरी, कसले बस्ने ?
हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् : ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ ।

ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्र धर्मको प्रचारप्रसार गर्नु आवश्यक रहेको छ ।

सप्ताहको कुरा गर्दा बिहीबार सबैभन्दा उत्तम देखिन्छ । तिथी अनुसार ब्रत बस्दा एकादशी तिथि नै सबैभन्दा महत्वपूर्ण तिथि हो तथा महिनाको कुरा गर्दा श्रावण महिना ब्रतको लागि सबैभन्दा महत्वपूर्ण महिना हो । श्रावण महिनामा बसिने उपाक्रम ब्रतको महत्व एकदमै धेरै रहेको छ । यसलाई श्रावणी समेत भन्ने गरिएको छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ

किन बस्ने ब्रत ?
ग्रह-उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ ।

विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ ।

महिनाभरी नै बस्नुपर्छ ब्रत

श्रावण महिनामा बसिने ब्रत सबैभन्दा श्रेष्ठ ब्रत मानिएको छ । यो पापको मेटाउने वाला र मनोकामना पूर्ति गर्नेवाला ब्रतको रुपमा साउन महिनाको ब्रतलाई मान्न सकिन्छ । हिन्दू धर्ममा श्रावण महिनाभरी ब्रत बस्ने प्रणालीबाट प्रभावित भएर नै सबै धर्मले एक महिना भरी ब्रत बस्ने प्रक्रियाको सुरुवात गरेका हुन् ।

जसरी गुड फ्राईडे मनाउन सुरु हुनुपूर्व ईसाईहरुले ४० दिनको उपबास बस्ने गरेका थिए । जसरी इस्लामहरुले रमजान महिनामा उपबास बस्ने गर्दछन् । उनीहरुदे सुरुवात गर्नुपूर्व नै हिन्दू संस्कृतिले साउनको ब्रतको महत्व बताईसकेको थियो । यो महिना निराहार या त फलाहार जसरी सकिन्छ ब्रत बस्नै पर्छ भन्ने कुरा हिन्दू धर्मका विभिन्न शास्त्रहरुमा नै उल्लेख गरिएको छ ।

ब्रत नै तप हो । ब्रत नै उपवास हो । यस ब्रतको कहिले र कसले सुरु गरे यो अलग नियम हो । नियमबाट हटेर जो मनोमानी रुपमा ब्रत तथा उपबास बस्ने गरेका छन् । त्यसमा केही धार्मिक महत्व रहेने छैन । व्रतले जीवनमा कुनैपनि प्रकारको रोग र शोकलाई अन्त्य गर्दछ । ब्रतको कारणले नै मोक्ष प्राप्त हुने गर्दछ । श्रावण महिनाको ब्रतका लागि पनि यसको छुट्टै नियमहरु रहेका छन् ।

सोमबार मात्रै बस्नुहोस् ब्रत ः चतुर्मासको अवधि चार महिनाको लागि हुने गर्दछ । जुन असार शुक्ल एकादशीको दिनदेखि कात्तिक शुक्ल एकादशीको दिनसम्म चल्ने गरेको छ । यो चार महिना विशेष गरी तिनै व्यक्तिहरुको लागि विशेष हुने गर्दछ कि जो ध्यान साधना र उपासना गरिरहेका छन् । तर श्रावण महिनामा ब्रत बस्नु सबै हिन्दूहरुको कर्तव्य हो । सोमबारको ब्रतहरु सोमबार बसेर मात्रै फल पाईन्छ भन्ने धेरै हिन्दूहरुको सोचाई हुन सक्छ । तर, त्यो सबै मिथ्या प्रचारबाजी मात्रै हो । श्रावण महिनामा जुन सुकै दिन ब्रत बसेपनि यसको बराबर फल पाईन्छ ।

यो चार महिना ब्रत बस्नुको बैज्ञानिक कारण पनि रहेको छ । यो चार महिना भनेको बर्खाको चार महिना हो । यी महिनाहरुमा हाम्रो पाचन प्रणाली कमजोर हुने गरेको छ । साथै हामीले पिउने पानीहरुमा धेरै व्याक्टेरीयाहरु हुनसक्छ । त्यसैले हरिशयनी एकादशी पछिको चार महिनाको लागि हामीहरुले आफ्नै स्वास्थ्यको लागि भएपनि व्रत बस्नुपर्ने हुन्छ ।

ती चार महिना मध्ये पनि श्रावण महिना सबैभन्दा महत्वपूर्ण महिनाको रुपमा मान्न सकिन्छ । त्यसैले सोमबार ब्रत बस्ने भनेर एक दिन ब्रत बस्ने र अरु दिन भने अस्वभाविक रुपमा खाएर होईन कि आफ्नो खानामा नियन्त्रण गरेर यो चार महिना कटाउन सकिन्छ । त्यसैले यो महिनाको ब्रत धार्मिक र सांस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेकोछ ।

यस्तो छ नियम
यी महिनाहरुमा सूर्याेदय भन्दा पहिले नै उठ्नु आवश्यक मानिन्छ । उठ्नासाथ राम्रोसँग नुहाउने र केही बेर मौन बस्नु आवश्यक मानिन्छ । यो समयमा साधुहरुको त झनै नियम कडा हुन्छ उनीहरुले दिनमा एक पटक भन्दा भोजन गर्न पाउँदैनन् ।

गर्न नहुनेकाम उक्त ४ महिनामा विवाह संस्कार, जात कर्म संस्कार, गृह प्रवेश आदि मंगल कार्य गर्नको लागि निषेध गरिएको छ । यस ब्रतमा दूध, शखर, दही, तेल बैगन, पत्तादार सब्जी, मोजन, मिठाई सुपारी, मासु, मदिरा आदि निषेध गरिएको छ । जसमध्ये, श्रावणमा पत्तादार सब्जी, साग इत्यादि, भदौमा दही, असोजमा दूध, कात्तिकमा प्याज, लसुन र दाल लगायतलाई निषेध गरिएको छ ।

पछुताउनुहोला : यदि तपाई श्रावण महिनामा व्रतका पालना गर्नुहुँदैन भने तपाई अवश्य पछुताउनु हुनेछ । यो महिनामा तपाईको मानसिक तनाव कम गर्न र पापको नास गर्नको लागि ब्रत आवश्यक छ । यदि यो महिनामा नियम विरुद्ध अन्न ग्रहण गर्नुहुन्छ । ब्रह्मचर्यको पालना गर्नुहुन्न भने यमे निश्चित छ कि तपाई गम्भीर रोगबाट ग्रस्त हुनुहुनेछ । यो व्रत महिला र पुरुष दुबैको लागि आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah